जनकपुरको क्याम्पस चोक नजिकै नरेश यादवको घरमा भाडामा बस्दै आएका१८ वर्षीय श्रवण यादव बम विस्फोटमा परि घाईते भएका हुन्।
स्थानीय मिथिला टेक्नीकल इन्स्टिच्युटमा अध्ययनरत सिरहाको गौरीपुर-९ निवासी यादवले घर भित्र टिफीनमा बम राख्न खोज्दा विस्फोट भएको प्रहरीले जनाएको छ।
यादवले आफैं बम बनाउने प्रयास गरेपछि विस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान भईरहेको जनाईएको छ।
यता विस्फोटबाट शरिरको विभिन्न भाग घाईते भई जनकपुर अंचल अस्पतालमा ल्याईएका यादवको उपचार त्यहाँ सम्भव नभएपछि चिकित्सकले थप उपचारको लागि बाहिर लैजान सिफारिस गरेको छ।
उनका परिवारका सदस्यहरु नआएको हुनाले उनलाई हाल जनकपुर अंचल अस्पतालमै राखेर उपचार भईरहेको छ।
annapurnapost
