जनता दल युनाइडेटका राज्यसभा सदस्य केसी त्यागीले नेपाल मामिलामा मोदीको विदेश नीति पूर्णरुपमा असफल भएको आरोप लगाए । ‘नेपाल अहिले दिनानु चीन नजिक गइरहेको छ । मोदी सरकारको नेपालको हकमा विदेश नीति पूर्ण रुपमा असफल भएको छ । अहिले नेपाल त्यसको विरुद्ध उभिरहेको छ ।’ बीरगञ्जमा गत महिना भएको वीरगञ्ज घटनाबारे उल्लेख गर्दै दस्टेटमेनसँग कुरा गर्दै उनले भने, ‘इतिहासमा पहिलो पटक नेपाल प्रहरीबाट भारतीय नागरिक मारिएको छ, यो निकै दुःखद् घटना हो ।’ त्यस्तै राष्ट्रिय जनता दलका प्रवक्ता मनोज झाले पनि नेपाल नीतिको उदाहरण दिँदै मोदीको आलोचना गरेका छन् । ‘मोदीको असफल विदेश नीतिको उदाहरण भनेको नेपाल मामिला हो,’ उनले भने । ‘नेपालमा जसरी मधेशीको मुद्दा आएको छ, यसमा मोदी सरकारको रणनीति र विचारविमर्शको कमी देखिएको छ,’ झाले थपे । त्यस्तै कंग्रेस नेता रसिद अल्भीले पनि नेपाल मामिलामा मोदी असफल भएको कुरा उल्लेख गरे । ‘पछिल्ला ७० वर्षमा भारतसँग नेपालको ठूलो गुनासो थिएन । तर अहिले त्यो देखिएको छ । यो मोदीको विदेश नीतिको असफलता हो ।’ ‘प्रधानमन्त्रीले एकपटकभन्दा बढी नेपाल भ्रमण गर्नुभयो । तैपनि दुई देशबीच सम्बन्ध बिग्रिएको छ । योभन्दा अघि रहिआएको सुमधुर सम्बन्ध पनि रहेन,’ अल्भीले भने ।ratopati
नेपाल नीति असफल भएको भन्दै मोदीमाथि खनिँदै भारतीय प्रतिपक्षी दल