मोदीलाई राहुल गान्धीको चुनौतिः चम्चा नबन, ५६ इन्चको छाति देखाउ

काठमाडौं, ४ मंसिर । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कसैको चम्चा नबन्न आग्रह गरेका छन् ।
इन्दिरा गान्धी जयन्तीको कार्यक्रममा राहुलले मोदीलाई चुनौती दिँदै यदि प्रमाण छ भने जेल हाल भन्दै तर, चम्चाको जस्तो गरी नबोल्न भनेका छन् । केही दिनअघि बीजेपी नेता सुब्रमण्यम स्वामीले राहुलसँग दोहोरो नागरिकता रहेको दाबी गरेका थिए ।
नागरिकता विवादबारे बोल्दै राहुलले यदि प्रमाण छ भने जेल हाल्नुपर्ने भन्दै चम्चा नबन्न आग्रह गरे । उनले चुनौति दिँदै भने– ५६ इञ्चको छाती देखाउ, साना कर्मचारी जस्तो चम्चा नबन । (एजेन्सीको सहयोगमा)
dainiknepal

Write Comment Below: