जापान । जापानमा वस्ने नेपालीहरुको लागि आकस्मिक कोष बन्ने भएको छ । सो आकस्मिक कोषको आवश्यकता र महत्ववारे जापानका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको साझा अवधारणा निर्माण गर्न गैरआवासीय नेपाली संघ एनआरएनए जापानको संयोजकत्वमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
सो अन्तरक्रिया कार्यक्रमले कोषको औचित्य तथा महत्वका वारेमा सबैको साझा अवधारणा तयार गर्नेछ ।सो अन्तरक्रिया कार्यक्रम आगामी नोवेम्वर २८ तारिखमा सिनानोमाची स्थित टिकेपी भवनमा हुन लागेको हो ।
सो कार्यक्रममा कोषको आवश्यकता, जापानवासी नेपालीहरुको विद्यामान समस्या, चुनौती तथा समाधानको विषयमा छलफल गर्न लागिएको आयोजक समिति एनआरएनए जापानका सचिव बुद्धि घिमिरेले बताए ।
अन्तरक्रिया कार्यक्रममा जापानमा क्रियाशिल सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरु , विद्यार्थी लगायतका सवैमा सहभागिताका लागि आयोजक समिति अध्यक्ष सुदन थापाले अनुरोध गरेका छन् ।
साथै आगामी महिना जापानमा हुन लागेको महजात्रा कार्यक्रमको तयारी र जापानमा लागू हुने माई नम्वर प्रणालीका वारेमा सो कार्यक्रममा जानकारी दिईने अध्यक्ष थापाले बताए । यसका साथै नेपालीमा जारी आर्थिक नाकावन्दीको बिरुद्धमा जापानको भुमिका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
सोही अवसरमा आफनो सफल कार्यकाल पुरा भई फर्कनु हुने जापानका लागि नेपाली राजदूत डा मदनकुमार भट्टराई, उपनियोग प्रमुख तापस अधिकारीलाई विदाई कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष थापाले बताए ।
सोही अवसर पारेर एनआरएनए जापानले नयाँ कार्यसमिति चयनका वारेमा जानकारी दिने साथै आईसीसी निर्वाचित तथा मनोनित व्यक्तिहरुलाई बधाई एबं शुभकामना दिइने सचिव बुद्दी घिमिरेले बताएका छन् ।
nepalsandesh
