प्रधानमन्त्रीले बोलाएको त्रिपक्षीय बैठकमा मधेसी मोर्चाका शीर्ष नेता सहभागी नहुने

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बोलाएको त्रिपक्षीय निर्णायक बैठक पनि औपचारिकतामै सिमित हुने देखिएको छ ।
प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डको दुई दिनको दौडधूप र कैयौ पटकको संवाद र छलफलपछि तय गरिएको निर्णायक वार्ता असफल हुने संकेत आईसकेको छ ।
भोलि सोमबार हुने निर्णायक वार्तामा मधेसी मोर्चाका शीर्ष नेताहरूले सहभागी नहुने बताएका छन् । मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र यादव अहिले विराटनगरमा छन् । मोर्चाको विरोधसभाको कार्यक्रममा सहभागी हुन बिराटनगर आई पुगेका यी तीनै नेता भोलि सोमवार पनि त्यही बस्ने कार्यक्रम छ ।
ती मध्येका एक नेता महेन्द्र यादवले भने- ‘हामी सबै बिराटनगरमा छौं र भन्ने बित्तिकै काठमाडौं गई हाल्ने अवस्था छैन् । मोर्चाका शीर्ष नेताहरूले बेलुकी ४ बजेतिर खबर पाएका थिए । उता काठमाडौंमा रहेका तमलोपा अध्यक्ष महन्थ ठाकुर अस्वस्थ छन् । उनको पनि जाने सम्भावना निकै कम छ ।
बालुवाटारको निर्णायक वार्तामा मोर्चाका शीर्ष नेता नजाने भएपछि दोस्रो तहका नेताहरूको सहभागिता हुनेछ ।
dainiknepal

Write Comment Below: