सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज हुने छलफलमा कांग्रेसले मधेसका जनताले खोजेको अधिकार र समस्या समाधानका लागि अपनाउने उपायका विषयमा परामर्श हुनेछ । कांग्रेसले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग निकासका लागि के गर्न सकिन्छ भनेर सुझाव लिनेछ ।
कांग्रेसले संवैधानिक रुपबाट मुलुकलाई निकास दिनुपर्ने जनाउँदै आएको छ । उसले संवैधानिकका साथै राजनीतिक रुपमाबाट पनि छलफल गर्नुपर्ने उल्लेख गरेको छ ।
सीमाङ्कनमा खुला भएर छलफल गर्न सकिने जनाएको कांग्रेसले मुलुकलाई आफैले पहल गरी निकास दिन चाहेको छ ।
संसदको बैठक भोलिबाट सुरु हुँदैछ । संसदको बैठकलाई मधेस केन्द्रित दलहरुले अबरोध गर्दै आएका छन् । बैठकमा सदन खुलाउने विषयमा पनि छलफल हुनेछ । कांग्रेसले आफ्ना सांसदसँग एघार बजेपछि छलफल गर्ने कार्यक्रम राखेको छ ।
dainiknepal
