मोर्चाद्धारा फेरी अनिश्चितकालीन बन्द आव्हान, मोटरसाईकल र पर्यटक बस समेत चल्न नदिने

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले मंसिर ४ गतदेखि फेरि अनिश्चितकालिन बन्दको घोषणा गरेको छ । बन्दको क्रममा मोटरसाईकल र पर्यटक बस समेत चल्न नदिने मोर्चाले जनाएको छ । भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाको संयोजक महेन्द्र यादवले बन्द अवधि भर भैरहवा–लुम्बिनी सडक खण्ड अन्र्तगत मोटर साइकल र पर्यटक बस समेत गुड्न नदिने बताए ।
मधेशी दलहरुसित भएको २२ बुंदे र ८ बुंदे सहमति भए अनुसार संविधान नबनेको भन्दै १ सय दिन देखि आन्दोलनरत रहेको छ । यसअघि तिहार र छठ पर्वको लागी भन्दै केही दिनलाई मोर्चाले बन्द खुकुलो पारको थियो । पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले कृषि कार्यको लागी प्रयोग हुने यातायातलाई अवरोध नगर्ने जनाए । उनले अबको आन्द्योलन भन्सार, राजमार्ग र पेट्रोलियम पदार्थको तस्करी रोक्नमा केन्द्रित हुने पनि जनाए । सोही कार्यक्रममा बोल्दै मोर्चाको अर्को घटक सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले)ले अबको दिन भैरहवालाई ठप्प पार्ने बताए । कार्यक्रममा तमलोपाका अजय वर्मा, रामसपा का उमाशंकर यादव, सन्तोष पाण्डे, सरोजकुमार पाण्डे। बिद्या यादव लगायतका नेताहरु उपस्थित थिए । - See more at: ratopati

Write Comment Below: