भारतीय राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे, नाकाबन्दी फिर्ता लिन ध्यानाकर्षण

काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्रीले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण नेपालले असहज स्थिति भोग्नुपरेको भन्दै नाकाबन्दी फिर्ता लिन राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राजदूतसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै छलफल सकारात्मक भएको बताउनुभयो ।
dainiknepal

Write Comment Below: